गरिव दु:खीको साहारा बन्दै स्थानिय तह


मङि्सर ०८, २०७८


दाङ, कपिल लामिछाने ।
कहिले पञ्चायत कहिले द्धन्दकाल त कहिले सामान्तीबादी तनाब भोगेका आम नेपालीहरुले संघियताको सुरुवात संगै केहि राहत पाएको महसुस गरेका छन् । स्थानिय तहहरुले अहिले गरिव दु:खीहरुका लागी बिभिन्न कार्यक्रमहरु, बिभिन्न योजनाहरु सार्वजनिक गर्दै उनिहरुको सर्वाङ्गीण बिकासका लागी कामहरु गर्दै आईरहेका छन् ।

ad

स्थानिय तहहरु संगै यतिबेला निजि संघ संस्थाहरु पनि गरिब दु:खीहरुको समस्या समाधान गर्नका लागी अग्रसर भएको देखिन्छ । गरिव दु:खीहरुका लागी आयमूलक बिभिन्न किसिमका तालिमहरु स्थानिय तहहरुले बर्षेनी दिएको तथ्याङ्क बिभिन्न वडा कार्यालयहरुमा रहेका छन् । महिला हिंसा, छुवाछुत लगाएका कयौँ घटनाहरु स्थानिय सरकारले हल गर्दै आईरहेका छन् । २०७३ सालको तथ्याङ्क र अहिले आएर २०७८ सालको तथ्याङ्क हेर्ने हो भने स्थानिय तहहरुले महिला हिंसा,छुवाछुत लगाएतका बिषयमा गाउँ गाउँमा जनचेतना फैलाउदै सबै निर्मुल पारिसकेको देख्न सकिन्छ । हालै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले बिगत लामो समयदेखि प्रसवपीडाले ग्रस्त भएकि तुलसीपुर १८ मनिकापुरकि निर्मला परियारको उपचारमा देखाएको भुमिकाले स्थानिय तहहरु कत्तिको अग्रसर छन् भन्ने कुरा प्रष्ट पार्दछ । निर्मला बिगत ३/४ महिनादेखि बिरामी भई थला परिरहेको कुरा वडा कार्यालयले थाहा पाउने बित्तिकै उनको उपचारका लागी आवश्यक गृहकार्य गरिएको थियो ।

ad

नेपालगन्ज उपचारका लागी भर्ना गर्दै उनलाई चाहिने रगत लगाएतका अन्य उपचारका बिषयमा निरन्तर अस्पताल संग समन्वय गर्दै वडाले उनको ज्यान बचाउन हरसम्मको प्रयास गरिरहँदा पनि उनले अल्पायुमा नै आफ्नो ज्यान गुमाउनुपर्यो । निम्न आयस्तर भएकि निर्मलाको श्रीमान समशेर नेपाली अहिलेपनि पिडामा छन् । हिजो वडा नं १८ का वडा अध्यक्ष माधव वलीको पहलमा दलित महिला संघ तुलसीपुरको सहयोगमा केहि खाद्य सामाग्री वितरण गर्दै उनिहरुको पिडाको साथी भएको महसुस भएको वडा अध्यक्ष माधव वलीले बताउनुभयो । वडा सदस्य धन बहादुर बस्नेत दलित महिला संघ तुलसीपुरकि प्रतिनिधि लगाएतको टिमले हिजो अनौपचारिक कार्यक्रमका बिच उक्त राहत समाग्री सहयोग गरेको थियो ।

उक्त कार्यक्रममा यसरी हरेक गरिव दु:खीहरुको घरघरमा पुग्ने स्थानिय सरकारले आगामी दिनहरुमा पनि यसैगरि सबैको पहुँचमा आफ्नो काम र कर्तव्यलाई अगाडी बढाउदै जाने तुलसीपुर १८ का वडा सदस्य धन बहादुर बस्नेतले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="