दाङ। तुलसीपुरमा आज मात्र ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार तुलसीपुरकाे मेट्रो अस्पतालमा गरिएको कोरोना परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये गुरु जजुर माविका ११ जना बिद्यार्थी र शिक्षक, सेन्टर माविकाे १५ जना विद्यार्थी र शिक्षक,स्वास्थय कर्मी ८ जना अन्य संक्रमित व्यक्तिको सम्पर्कमा रहेको ११ जना गरी जम्मा २५ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। आज संक्रमित हुने उमेर समुह १३ बर्ष देखि ५९ बर्ष सम्मका व्यक्ति संक्रमित भएका छन्।
यो सँगै तुलसीपुरमा ४ दिनमा ८४ जनामा संक्रमण पुष्टि भएको छ।
आजै संक्रमित २० जनाको स्वाब थप अनुसन्धानको लागि नेपालगञ्ज पठाइएको छ र केही दिनमा टेकु अस्पताल मा पठाइने भएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस