मेडिकल कलेजहरु बन्दहुने अवस्थामा पुगेः डा. शर्मा


पुष ०५, २०८०



नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले देशभरमा मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताएका छ्न। चिकित्सा शिक्षा पढ्नका लागि देशमा अनुकल वाताबरण नहुँदा हजारौँ विद्यार्थीहरु विदेशीनु परेको उनले बताए । रिपोर्टस क्लव दाङमा पत्रकारहरुसंग बोल्दै डा. शर्माले यस्तो बताएका हुन् ।

ad

उनले शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा राज्य संवेदनशिल बन्न नसक्दा अहिले दैनिकजसतो करोडौँ रकम विदेशमा जाने गरेको बताए ।
काठमाडौ मेडिकल कलेजका संचालक समेत रहेका डा.सुनिल शर्माले  ९० प्रतिशत मेडिकल कलेजहरु किनबेच भइसकेको बताउँदै यस्तै बवस्था भएमा देशका सबै मेडिकल कलेजहरु बन्द हुने निश्चित रहेको उल्लेख गरे ।  सरकार जनताप्रति ,देशप्रती ईमान्दार बन्न नसक्दा त्यसको परिणाम मुलुकको खस्कदो अर्थतन्त्र रहेको बताए ।

ad


सरकारले हरेक नागरिकबाट लिएको कर बराबरको बिकास बजेट सबै क्षेत्रमा पु¥याउन नसकेको समेत बताए । एक प्रसंगमा बोल्दै उनले व्यक्तिका विरुद्धमा नभई बेथितीका बिरुद्धमा सबै एकजुट हुनुपर्ने बताए । दैनिक तस्करी र घुसपैठको काम भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको बेथितीलाई साथ दिनुजस्तै भएको भन्दै आरोप समेत लगाए। अहिले ५३ प्रतिशत बजेट ४ जना नेताको निर्वाचन क्षेत्रमा मात्रै बिनियोजन हुनु राज्य सत्ताको प्रयोग गरी देश लुटिएको स्पष्ट हुने समेत बताए।

उनले भने–‘ कर लिनेबलेमा सबै जनताबाट समान कर लिने अनी विकास बजेट चाहि आफ्नो क्षेत्रमा मात्रै ?, अहिले ५३ प्रतिशत बजेट चारनेताको क्षेत्रमा मात्रै बाँडिएको छ के यहि हो जनतामैत्री बजेट?’


उनले राजनैतिक नेतृत्वमा सुधार नभएसम्म मुलुकको अवस्थामा सुधार नआउने समेत उनले बताएका थिए । दुरदराजमा भएका नागरिकको जिवनस्तर सुधारका विषयमा सरकारले चासो नदेखाएको भन्दै अब विकट क्षेत्र लक्षित कार्यक्रमहरु सरकारको प्राथमिकतामा पर्न जरुरी रहेको उल्ल्ेख गरे ।


लुम्बिनी प्रदेश सासंद निमा गिरिले मानव विकास अनिवार्य रहेको बताइन् । सरकारले भौतिक विकासलाई मात्र विकासको रुपमा लिँदा मानवीय विकास ओझेलमा परेको उल्लेख गरिन् । जबसम्म पठनसंस्कृती , स्वास्थ र मानव विकास हुँदैन तवसम्म मुलुकले सम्वृद्धि हाँसिल गर्न नसक्ने भन्दै मानव विकासमा समेत ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।

सरकारको क्षमतामा भएको कुराहरुमात्र जनताको सामु ल्याउनु पर्ने भन्दै उनले नसक्ने कुरा बोलेर भुठो आश्वासन दिँदा हरेक क्षेत्र अलपत्र बन्ने गरेको उनले बताइन् ।  उनले भनिन्–‘ नभएको कुरा दिन खोज्दा त्यो कुरा अलपत्र पर्छ ।जे छ त्यो दिन दिनसक्नुपर्छ ।’
प्रदेशको निजामती ऐनका विषयमा बोल्दै उनले कर्मचारी महिलाहरुलाइ महिनावारी विदा दिने निर्णयलाई अन्य प्रदेशले पनि सिको गर्दै जानुपर्ने बताइन् । लुम्बिनी प्रदेशले सुरुवात गरेको  र यसलाई संघीय ऐनमा पनि समावेश गराइनुपर्ने बताइन् ।

देशभरको तुलनामा लुम्बिनी प्रदेशमा मातमृत्युदर ,शिशु मृत्युुदर बढ्दो भएकाले पनि महिनावारी विदा आवश्यक रहेको उनको भनाई थियो ।  उनले भनिन्–‘ महिलाको प्रजननलाई सामान्य सोचिन्छ। महिलाको सम्मनको निम्ति प्रदेशले महिलामैत्री कानुन बनाएको हो ।’
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="