सिजि सिमेन्टमा तालाबन्दी


पुष ०८, २०८०


दाङ, ८ पुस । पाल्पाको सिजि सिमेन्ट उद्योगमा तालाबन्दी गरिएको छ। जिल्लाको  रैनादेवीछहरा–२, सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले शनिबार बिहान उद्योगको प्रशासनमा तालाबन्दी गरेका छन । आफुहरुको माग पूरा नगरेकोप्रती आक्रोशित बन्दै स्थानीयहरुले ह तालाबन्दी गरेका हुन् ।

ad

उद्योगले वातावरण प्रदूषण बढाएको, फोहोर गरेको, धुलोधुँवा गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । स्थानीय बासिन्दाले प्रदूषण नहुने वातावरण उद्योगले बनाउनुपर्ने, उद्योगका कर्मचारीबाट हुने गरेको फोहोर गर्न रोक्नुपर्ने माग गर्दै आएका छन् । तालाबन्दीले कम्पनीको प्रशासनिक कामलाई प्रभावित पारेको छ ।

ad

उद्योगलाई पटक–पटक सचेत गर्दासमेत अटेर गरेपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीय बासिन्दा विजय ज्ञवालीले बताए। उनले आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने अडान राखे । रैनादेवी छहरा–२ का वडाअध्यक्ष दानबहादुर पौडेलले कम्पनी र स्थानिय बासिन्दाका बीचमा सहमतिको प्रयास गरिएपनि समाधान नहुँदा तालाबन्दी भएको बताए।

सिजी कम्पनीका प्रतिनिधि पदमबहादुर सिंहले भने स्थानीय बासिन्दाकै सहयोगमा उद्योग सञ्चालन गर्ने बताए। उनले स्थानीय बासिन्दालाई सहमतिमा ल्याएर उद्योग सञ्चालनलाई निरन्तरता दिए यस भेगका नागरिकलाई फाइदा पुग्ने उल्लेख गरे। सुरुवाती चरणमा भएकाले केही समस्या भए पनि विस्तारै समस्याको समाधान हुँदै जाने सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="