दाङ,२२ पुस। दाङको सैघामा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। सैघाको रालबाङमा गुडविल फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । आइतबार गुडविल फाइनान्स लि.दाङ शाखाले वित्तीय साक्षरता कार्यक्रम आईतबार सम्पन्न गरेको हो ।
ग्रामिण क्षेत्रमा वित्तीय जानकारी बढाई आर्थिक उपार्जन बढाउनमा सहयोग पुर्याउने तथा बचतको बानी बढाउनका लागि कार्यक्रमको आयाजना गरिएको संस्थाले जनाएको छ ।
स्थानिय युवा व्यवसायी तथा समाजसेवी गिर बहादुर कुवरको सभापतित्व तथा जनता प्राथमीक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने गुडविल फाइनान्स लि. दाङका शाखा प्रमुख आनन्द पन्थी र सुपरभाईजर अर्जुन चौधरीले सहजिकरण गरेका थिए।
कार्यक्रममा आर्थिक कारोबारहरुको बारेमा घरपरिवारमा सल्लाह गर्ने बानि बसाल्ने, नियमीत खर्च कटौटी गरेर भविष्यका लागि बचत गर्नेै बानि बसाल्ने, जुन कामका लागि लक्षित गरेर कर्जा लिईन्छ सोही काममा प्रयोग गरेर घटानाफाको हिसाब गर्ने बानी बसाल्ने, आर्थिक कारोबार व्यक्तिसंग नभई बैंंक तथा वित्तीय संस्थाबाट गर्ने, कारोबारसंग सम्बन्धित व्यक्तिलाई मात्र बैंक खाताको चेक लेखेर दिने, स्थानिय उत्पादनमा आधारीत खानपानमा जोड दिने, बैदेशिक रोजगारीबाट आउने पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गरि थप आम्दानी गर्ने, विदेशबाट पैसा पठाउदा बैधानिक माध्यमबाट मात्र पठाउन लगाउने, अवैद्य भारतियरुपैयाको कारोबार नगर्ने लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक रोमन अधिकारी, स्थानिय कृषी व्यवसायी तथा समाजसेवी टंख रोका लगायतले ब्यवसायीक उत्पादनमा जोड दिने, अत्यावश्यक बाहेकका खर्चमा बाललबालीकाहरुलाई पनि सचेत गराउने, आर्थिक अनुसासन, वित्तीय अपराधबाट जोगिनुपर्ने विषयमा सबै सचेत हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १९ को देउकोट, छहरे, रालबाङ्ग, धनचौर र सिरानखोर्रे क्षेत्रका ७० जनाको सहभागिता रहेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस