दाङ , २३पुस । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन ।
दाङकी तुलसा केसीले महिला सिट र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको साथ निर्वाचन अृधिकतको कार्यालयमा पुगेर केसी र घर्तीले उम्मेदवारी दर्ता गराएका हुन ।
केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी छन । भने घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहेका छन । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुन थालेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस