सुर्खेत,२६ पुस। सुर्खेतमा हाइस दुर्घटना भएको छ। हाइस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
अछामको विनायकबाट नेपालगन्ज तर्फ जादै गरेको भे १ ख ३६३० नम्बरको हाइस बबई नदि र हर्नेको बिच जंगलमा दुर्घटना भएको हो । बिहिवार दिउसो भएको उक्त दुर्घटनामा परि अन्दाजी २२ वर्षका एक युवकको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परि ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ। चालक र सहचालक भने फरार छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस