दाङ, २६ पुस ।दाङका टेक्टर व्यवसायीहरुले तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दी गरेका छन । उपमहानगरपालिकाको मुल गेटमा बिहीबार तालाबन्दी भएको हो । व्यवसायीले नदिजन्य पदार्थ उत्खननमा उपमहानगरपालिकाका जनप्रतिनिधिले अनावश्यक दुख दिएको, बैधानिक रूपमा नदीजन्री बस्तु ओसारपसार गर्दा समेत नियन्त्रणमा लिएर कारबाही गर्न खोजेको भन्दै उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् ।
जनप्रतिनिधिले खुलेआम टेक्टर व्यवसायीसंग कमिसन माग्ने गरेको उनीहरुको आरोप छ । नीतिगत रुपमै रसिद काटेर व्यवसाय गर्दा पनि उपमहानगरपालिकाले अनाहकमा दुख दिएपछि गेटमै तालाबन्दी गर्नुपरेको व्यावसायि अशोक भण्डारीले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस