after_navbar

तत्काल ड्राइभिङ स्कुल खोल्न यातायात मजदुरको माग


माघ ०४, २०८०


काठमाण्डौँ, ४ माघ । नेपालमा तत्काल ड्राइभिङ स्कुल खोल्न यातायात व्यवसायी र यातायात मजदुर संघगठनहरुले माग गरेका छन् । यातायात व्यवसायी, मजदुरहरुले तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका हुन्

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा यातायात व्यवसायी तथा मजदुर नेताहरुले यस्तो माग गरेका हुन् ।

ad

दक्ष ड्राइभरहरु विदेश पलायन भइरहेको र थप जनशक्ति व्यवस्थापनका लागि भएपनि ड्राइभिङ स्कुलको आवश्यकता औंल्याएका हुन् ।

नेपालमा दक्ष चालक पाउन मुस्किल भइरहेको भन्दै दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेको उनीहरुको भनाइ छ । व्यवसायी र मजदुर संगठनका पदाधिकारीले अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता महसुस भएको बताएका हुन् ।

सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । व्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा व्यवस्था गर्ने गरी काम थालेको जानकारी दिए ।

स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकारीहरु छलफलमा सहभागी थिए । त्यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात ब्यवसायी महासंघका पदाधिकारहरुको सहभागिता रहेको थियो ।

छलफलमा व्यवसायी र मजदुर संघसंगठनका पदाधिकारीहरले फरक फरक सरकारले बनाउने ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गरेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारले फरक फरक सवारी ऐन बनाउँदा निकै समस्या परेको गुनासो गर्दै एकरुपता हुने गरी पहल गर्न मन्त्री ज्वालासँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="