कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ।’
उमा भण्डारी
दाङ,५ माघ । डमक्क हुस्सु । रुखका हांगाबाट खसेका शीतको थोपाको स्पर्श । बारीको छेउछाउ भुसको आगो। एकतिर लहरै बालिएका चुल्हो । बिच बारिमा विद्यार्थीहरु । चिसोको कुनै पर्वाह नगरी कोहि आफ्नो सीप देखाउदै थिए त कोहि सीप सिक्दै थिए तुलसीपुर स्थित गोरखा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु ।
व्यवस्थापन संकायमा अध्ययनरत उनिहरुलाइ अन्य समयमा टपरी बनाउन, पिठो मुछ्न र मुछिएको पिठोलाइ आकार दिनु सामान्य नै हो । तर शुक्रबार भने त्यही काम उनिहरुका लागि नौलो जस्तै थियो । विद्यार्थीहरु पनि निकै उत्सुक थिए ।
विद्यालयले सामाजिक अध्ययन तथा व्यबहारिक शिक्षा अन्तरगत उनिहरुलाइ तुलसीपुर उपमहानगरपालिका-१० पड्डाको थारु बस्तीमा लगेको थियो। त्यहाँ पुगेपछि उनिहरुले थारु परिकार कसरी बनाउने? कुन परिकारमा कुन-कुन सामग्रीहरु मिसाउने ? र कसरी त्यसलाइ स्वादिलो बनाउने भन्ने कुराको जानकारी लिने र परिकारहरु आफैले बनाउने अवसर पाए।
ढिक्री, अनदिको रोटि, घोङी जस्ता परिकारहरुको नाम नसुनेका केही विद्यार्थीहरु चासो दिएर परिकारहरुको बारेमा जानकारी लिइरहेका थिए । केहि विद्यार्थीहरु रोटि,ढिक्री,घोंगी ,अचार लगायतमा परिकार पकाउन व्यस्त देखिन्थे। फरक समुदायमा पुगेर खानाका परिकारहरु आफैले बनाउदाको अनुभव विद्यार्थीहरुले सुनाउछन् ।
थारु समुदायले बनाउने परिकार आफैले बनाउन पाउँदा व्यबहारीक सिकाइ थप प्रभावकारी बनेको विद्यार्थी सुशील बस्नेतले बताउँछन् । थारु समुदायको मुख्य परिकारको रुपमा रहेको ढिक्री बनाउदै गरेका उनले बहुभाषिक, बहुसांस्कृतिक समुदायको बारेमा प्रत्यक्ष बुझ्न ,बुझाउन सके एकाअपसमा सद्भाव बढेर जाने बताए।
“हामि बहुभाषिक बहुसांस्कृतिक समुदायमा हुर्कदै गर्दा एक अर्काको भाषा,भान्सा र परम्परालाई बुझ्न जरुरी हुन्छ,उनले भने एकआपसमा सद्भाव र एकता ल्याउनका लागि पनि यस्ताखाले क्रियाकलाप निकै महत्वपूर्ण हुन्छन्।“

अनदिको रोटी पकाउदै गरेकी सिमा पाण्डेले यस परियोजना थारु परिकारहरुको बारेमा बुझ्ने र सिक्ने अवसर भएको बताइन् । उनले पड्डामा सिकेको सिपलाई परिवार र समुदायमा पस्कने बताइन् । घरमा आमाहरुले रोटी बनाएको देखेको थिए आज आफैले बनाउन सिके उनले भनिन्- ‘अब त आफै बनाएर खाइन्छ,खुवाइन्छ पनि ।’
विद्यार्थी प्रियंका रिजालले परिकार बनाउन मात्र नभइ थारु समुदायको संस्कृती समेत बुझ्ने अवसर मिलेको बताइन् । विशेषगरी थारु समुदायले बनाउने ढिक्रीको प्रयोगका बारेमा जानकारी लिन पाएको उनको भनाइछ ।
कुलदेवतालाइ चढाउन प्रयोग गरिने ढिक्री, खानको लागि प्रयोग गरिने ढिक्री ,चाडवाडको समयमा बनाइने ढिक्री कसरी बनाउनेरु कस्तो आकारको बनाइन्छ ? त्यसबारे सिकाइ भएको उनले बताइन् । ‘कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘ फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ ।’
यस्ताखाले परियोजनाले फरक समुदायको संस्कार संस्कृतिको बारेमा बुझ्ने/बुझाउने अवसर प्रदान गर्नुका साथै सामुहिक कार्यको महत्व समेत बुझ्न पाएको उनीहरुको भनाई छ ।

एकआपसमा मिलेर गरिने कामले सफलता मिल्छ भन्ने अनुभव भएको उनीहरुले बताए ।
नेपाल सरकारले सुरु गरेको नयाँ पाठ्यक्रम अनुसार सामाजिक शिक्षा भित्रको परियोजना अन्तरगत बिद्यार्थीहरुलाइ थारु समुदायसंग जोड्ने प्रयास गरेको गोरखा माविका व्यवस्थापन संकायका कोर्डिनेटर डम्बर डांगीले बताए। दाङमा थारु समुदायको बाहुल्यता रहेकाले पनि थारु संस्कार,संस्कृतिको बारेमा बुझ्न/बुझाउन जरुरी भएको उनले बताए।
विद्यार्थीहरुलाई कक्षाकोठामा मात्र नभई प्रत्यक्षहरुमा अवलोकन गराई बास्तविक कुरालाई सिक्ने सिकाउने उदेश्यले उक्त क्रियाकलापमा सहभागी बनाएको सामाजिक विषय शिक्षक पूर्ण बिक्रम डाँगीले बताए । विद्यार्थीहरु आफैले थारु संस्कृति परम्परा झल्कने गरी खानाहरु बनाउँदै गर्दा उनीहरुमा नयाँ सिकाई हुनुका साथै उनीहरुमा अवसर समेत सिर्जना भएको शिक्षक डाँगीको भनाई छ । थारु रितिरिवाज दाङको गहना भएको र पुरानो संस्कारलाई जोगाउन , पुस्तान्तरण गर्नका लागि पनि यस्ताखाले परियोजना आवश्यक रहेको उनले बताए । आगामी दिनहरुमा पनि यस्ता परियोजनालाई अन्य समुदायमा पनि लैजाने उनको भनाई थियो ।
सो अवसरमा विद्यार्थीहरुले थारु नृत्य समेत प्रस्तुत गरेका थिए । यस्तै मालुकाको पातको टपरी र दुना समेत बनाउने, माछा, घोँगी, ढिक्री,घोँगी,अचार मासु लगायतका परिकाहरुलाई थारु संस्कारमा पस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस