after_navbar

दाङमा बस दुर्घटना : दुई जनाको मृत्यु


माघ ०८, २०८०


दाङ ८ माघ । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका -९ रिहार नजिकै दुर्घटना भएको हो । राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ याेगी र युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।


बसमा ४७ जना सवार रहेकाे २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेकाे प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ।

मृतकहरूकाे शव लमही अस्पतालमा राखिएको छ। बसकाे पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="