दाङ,१३ माघ । घोराहीमा रहेको विकासनगर टोल विकास संस्थालाई गुट्खा तथा सुर्तिजन्य पद्धार्थ मु्क्त टोल घोषणा गरिएको छ । घोराही उपमहानगरपालीका वडा नं १५ स्थित विकासनगर टोलले नँया अभियानका साथ गुट्खा मुक्त टोल घोषणा गरेको हो । शनिवार टोलको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोललाई गुट्खा मुक्त टोल बनाइएको जानकारी दिइएको हो ।
कार्यक्रममा घोराही उपमहानगरपालीका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले अभियान निकै प्रशंसनिय भएको बताए ।उनले आफ्नो वडामा रहेका १०९ वटा टोल मध्ये विकासनगर टोलले सधै नँया भिजनका साथ काम गरेको हुदा यस्ता स्वास्थ्य तथा सरसफाईमा महत्व भुमिका खेल्ने गरी काम गर्दा वडाको तर्फबाट सधै सहयोग गर्ने बताए।
यस्तै घोराही नगर सरसफाई संयोजक भानसिङ बुढाले गुट्खाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले गुट्खा खान नहुने बताए। उनले सरसफाईमा पनि समस्या पारेको बताएका थिए ।
कार्यक्रममा घोराही बनाउ अभियानका संयोजक सविन प्रियासनले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। घोराही बनाउनको लागि बिभिन्न काम मध्ये यो पनि एक भएको हुदा यसलाई जस्तो सुकै अबस्थामा पनि निरन्तरता दिनुपर्ने बताए। ।
गुट्खा मुक्त टोल घोषणा कार्यक्रममा घोराही उपमहानगरका सरसफाई अधिकृत लक्ष्मण अधिकारी ,स्वास्थ्य शाखा प्रमुख नारायण घर्ति लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षतामा तथा उपाध्यक्ष शोभा शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिव दिपक वलीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस