महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार नगद संकलन


माघ १४, २०८०


दाङ,१४ माघ ।दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ
आतइबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका छन् ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ हिमालटोल बस्ने खेमकान्त पाण्डे र सावित्रि पाण्डेले ५१ हजार १ सय ५ रुपैयाँ दान गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका– ४ रक्षाचौर बस्ने टेकबहादुर वली र रेवता वलीले ३१ हजार १ सय ५५, तुलसीपुर उपमहानगरपालिका–५ नामिनगर बस्ने नामीनगर आमा समुहले ३१ हजार ५ , तुलसीपुर स्थित घ लाईन बस्ने शेषकान्त पराजुली र प्रेमकुमारी पराजुलीले २५ हजार १ सय २५ , बुद्धनगर टोल विकास संस्थाले १५ हजार ५ सय ५५, नेवादवु तुलसीपुर नगरले ११ हजार १ सय ११ रुपैयाँ महायज्ञमा दान गरेका हुन् ।

ad

मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञको दोस्रो दिन ३ वटा संघसंस्था र १५ जना व्यक्तिगत गरी १८ जनाले रकम दान गरेका छन् । उनीहरुले गरेको दानबाट २ लाख ४६ हजार ७ सय ३२ रुपैयाँ नगद संकलन भएको छ ।
अभियानलाई सफल बनाउन समन्वयकारी भूमिका खेल्छुः जिसस प्रमुख शर्मा
यसैविच जिल्ला समन्वय समितिका दाङका संयोजक नित्यान्द शर्माले महायज्ञको उदेश्यलाई सफल बनाउन समन्वयकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् महायज्ञमा सहभागी हुँदै उनले मानव भएर मानवसेवा गर्न सबैभन्दा ठुलो धर्म रहेको यसमा सबैको अनिवार्य सहभागिता हुनुपर्ने बताए । सरकारको दायित्वलाई मानव सेवा आश्रले अगाडी बढाएको भन्दै मानवसेवा आश्रमको अभियानलाई सफल बनाउन आफुले तीनै तहका सरकारविच समन्वयको सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
महायज्ञमा जिल्ला समन्वय समितिका सहसंयोजक चेतना चौधरी, जिल्ला समन्व्य समिति अधिकारी मोहन सुवेदी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का लगायतको उपस्थिती रहेको थियो ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="