दाङ,१५ माघ । प्रेस सेन्टर नेपालले आफ्नो २० औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । आफ्नो स्थापना दिवसका अवसरमा प्रेस सेन्टरले सोमबार बेलुकी दीप प्रज्वलन गरेको छ । तुलसीपुरको विपिचौकमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारीले प्रेस सेन्टर नेपालले आफ्नो जिम्मेवारी, अभिभारालाई निरन्तर अगाडि बढाउने र नेपाली जनताको लोकतान्त्रिक संघीय गणतन्त्रको रक्षाका निमित्त संविधान बनेको बताए साथै यसको विरुद्धमा धावा बोल्ने प्रतिक्रियावादी तत्वहरुको विरुद्धमा पनि आफ्नो आवाजलाई बुलन्द गर्ने बताए ।
‘हिजोका प्रतिक्रियावादी तत्वहरु जनताको खुन पनिा चुसेर नेपाल राष्ट्रलाई खोक्रो बनाएहरुले आज गणतन्त्रको विरुद्धको बर्खिलाप बोलिरहेका छन् ।’ उनले भने ‘नेपाली जनताका प्रतिनिधिहरु जसले जनआन्दोलन, जनयुद्धमा ५० औं वर्षके लामो समय राजनीति आन्दोलनमा आफूलाई सहभागी गराइ योगदान पु¥याएकाहरु विरुद्ध बोल्ने प्रतिक्रियावादी वर्गहरुको विरुद्धमा निरन्तर बोलिरहन आजको आवश्यकता हो ।’
प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष दामोदर बस्नेत ञराकेशझको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा उपाध्यक्ष दीपक बोहराको स्वागत गरेका थिए भने सचिव सुमन केसीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस