after_navbar

पाष्टर महतरा दम्पत्तीको महायज्ञमा सहयोग,भन्छन् -“मानवता भन्दा ठुलो धर्म छैन “


माघ १६, २०८०


दाङ,१६ माघ । मानव सेवा आश्रमको आयोजनामा तुल्सीपुरमा संचालित महायज्ञमा समाजसेवी तथा चर्चका पास्टर महतरा दम्पत्तिले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६का टोप बहादुर महतरा र गिता महतराले २५ हजार १ सय ५ रुपैयाँ महायज्ञमा आर्थिक सहयोग गरेका हुन् ।
महतरा तुलसीपुरको दमारगाउँमा रहेको चर्चको पाष्टर हुन । महताराले हिन्दू धर्मा अनुसार सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा पुगेर आर्थिक सहयोग गरेका हुन् ।

मानवीय सेवा सबैभन्दा ठुलो धर्म भएको भन्दै आफुले सक्दो सहयोग गरेको उनले बताए । धर्म र आस्था आ–आफ्नो हुने भएपनि असल कार्य गर्न कुनै जात, धर्म र समुदायले असर नगर्ने उनको भनाई छ । विगतका महायज्ञहरुमा पनि आर्थिक सहयोग गरेको बताउँदै उनले मानवता प्रवद्र्धनमा सबै एकजुट बन्न आग्रह समेत गरे ।

“मानवीय सेवा सबैभन्दा ठुलो धर्म हो, यसका जात,धर्म र आस्था भन्ने कुरा नै आउँदैन, मानव भएर जन्म लिएपछि मानवता जगाउनु पर्छ त्यो नै सबैभन्दा महत्वपूर्ण हुन्छ, उनले भने–“ हरेक जात धर्म समुदायका व्यक्तिहरु मानव समाज बचाउन एकजुट हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

data-href="