after_navbar

प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


फागुन ०८, २०८०


अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका सांसद,पुर्व मन्त्री जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादव कपिलवस्तु-३ (२)बाट राप्रपाका निर्वाचित सांसद हुन्।

आयोगले सांसद यादवसहित  जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट,दुर्गाबहादुर कार्की,महेन्द्रराज वाग्लेसमेत गरी १९ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यू फिट काठ कटान गरी अनियमितता गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताए।

प्रतिक्रिया दिनुहोस

data-href="