after_navbar

श्रीमतीको हत्या , कर्मचारीमाथी आक्रमण


चैत ०८, २०८०


बैतडी, ८ चैत । बैतडीमा एक ब्यक्तिले कोदालो प्रहार गरि श्रीमतीको हत्या गरेका छन् भने गाउंपालिकाका कर्मचारीमाथी आक्रमण समेत गरेका छ। घरमा डेरा गरी बसेका गाउँपालिकाका दुई जना कर्मचारीलाई आक्रमण गरि गम्भीर घाइते बनाएका छन् ।

गम्भीर घाइते कर्मचारीको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि कोलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको छ ।
बिहीबार बिहान गाउँपालिका केन्द्र रहेको डिलाशैनी गाउँपालिका –७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरी आफ्नो ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यापछि धामीले आफ्नै घरमा डेरा गरी बसेका दशरथचन्द नगरपालिका –९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टमाथि आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

घाइते कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगन्ज पठाइएको उनले जानकारी दिए। घाइते कर्मचारीको अवस्था गम्भीर रहेकाले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न धामीले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

धामीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसीको नेतृत्वमा सात जना प्रहरीको टोलीलाई घटनास्थलमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="