after_navbar

आत्मघाती बम विष्फोटमा परि २१ जनाको मृत्यु


चैत ०, २०८०


काठामाण्डौ,९ चैत । अफगानिस्तानमा आत्मघाती बम विष्फोटमा परि २१ जनाको मृत्यु भएको छ।
अफगानिस्तानको कान्दहारमा भएको आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

ad

यो विष्फोटको जिम्मा इस्लामिक स्टेट ९आईएस०ले लिएको छ ।

ad

अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विष्फोट भएको थियो ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="