after_navbar

महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन


जेठ १०, २०८२


दाङ,९ जेठ । तुलसीपुरमा किशोरीहरुका लागि महिनावारी स्वास्थ्य तथा सरसफाइसम्वन्धी शिविर सञ्चालन भएको छ । तुलसीपुर नगर जेसीजको आयोजनामा र मेट्रो प्याथ ल्याब तथा मेट्रो सिटी पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा किशोरी लक्षित महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना शिविर सम्पन्न भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ स्थित माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा किशोरीहरुको महिनावारी अवस्थासँग जोडिएका शारीरिक, मानसिक तथा सामाजिक पक्षबारे सुस्पष्ट जानकारी दिइएको थियो।

तुलसीपुर नगर जेसीज २०२५ का अध्यक्ष सन्दीप भूसालको अध्यक्षता तथा विद्यालयकी प्रधानाध्यापक सुनिता यादव प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो ।
अध्यक्ष भूसालले किशोरीहरू अझै पनि महिनावारीको विषयमा खुल्न नसक्ने, लाज तथा जानकारीको अभावले गर्दा विद्यालयमा अनुपस्थित हुने र मानसिक दबावमा पर्ने समस्या देखिएकाले सचेतनामूलक कार्यक्रमको आवश्यकता झनै बढेको बताए।

उनले विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गर्दै १०० थान सेनेटरी प्याड वितरण गरिएको जानकारी पनि दिए।अध्यक्ष भूसालका अनुसार परीक्षणका नतिजाका आधारमा स्थानीय र प्रदेश सरकारलाई स्वास्थ्य सचेतनामूलक अभियानका लागि डेलिगेशन र अनुरोध गरिने योजना समेत रहेको छ।

विद्यालयकी प्रधानाध्यापक यादवले किशोरीहरूको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्दै शिक्षामा पहुँच विस्तार गर्न तथा आत्मविश्वास वृद्धि गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन्।

कार्यक्रम अन्तर्गत मेट्रो प्याथ ल्याबको प्राविधिक सहयोगमा एक सयभन्दा बढी छात्रछात्राहरुको रगत तथा पिसाब परीक्षणसमेत गरिएको थियो।
शिविरमा प्रशिक्षक सलिना उपाध्यायले महिनावारी के हो, यसको जैविक प्रक्रिया, त्यसबेला अपनाउनुपर्ने सरसफाइका अभ्यास र आत्मगौरवका पक्षमा प्रभावकारी प्रस्तुति दिइन्। प्रशिक्षकमा उपाध्यायसंगै केन्द्रीय आयुुर्वेद विद्यापीठका उपप्रध्यापक अनुपम पोख्रेल पनि रहेका छन् ।

कार्यक्रम संयोजक वसन्त योगीको स्वागत मन्तव्यबाट सुरु भएको शिविरमा महासचिव बुद्धिराज सापकोटाले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="