निरला अर्याल दाङ,१० चैत। तुलसीपुर कारागारमा रहेका कैदीबन्दी दिल बहादुर थापाको देब्रे आँखामा दृष्टि समस्या छ। उनले विगत पाँच वर्ष देखि आँखा देख्न छोडेका छ्न। कारागार चलान भय पछि झन आँखा मा समस्या आउन थालेको उनी बताउँछन।
जिल्ला कारागार सल्यान मा रहेका थापा यतिबेला आँखा उपचार गर्नका लागि कारागार कार्यालय तुलसीपुर आएका छ्न।
शनिबार कारागार कार्यालय तुलसीपुर आयोजना तथा र नेपाल नेत्र ज्योति संघ राप्ति आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको १ दिने नि: शुल्क आँखा स्वास्थ शिबिर उपचार पाए पछि उनि अहिले खुसी छन् । यति मात्र होइन मोतिबिन्दु को सल्यक्रिया हुने भय पछि उनलाई जीवनमा नयाँ आशा पलाएको महसुस हुन थालेको छ ।
कान कम् सुन्ने नोखि खत्रीलाई आँखा देख्न नसके पछि अरूको सहारामा हिड्नु खाने गर्नु पर्ने वाध्यता आयको छ । करिब ५ वर्ष देखि मोतिबिन्दु को कारणले एउटा आखाँ को सहारामा हिँडडुल गर्ने गर्दछ्न।
कारागारमा उपचार पाए पछि अहिले तुलसीपुर कारागारमा रहेका तथा अन्य पहाडी जिल्ला बट आएका आँखाका बिरामी सबै खुसी भएका छन् ।
यस्तै कारागारमा जीवन बिताइरहेका अनन्त बहादुर तामाटा ले पनि मोतिबिन्दु को कारणले कम् आँखा देख्न थालेको करिब तीस वर्ष भयको छ। जेल जीवनमा आँखाको उपचार पाउने कुनै आशा समेत थियन तर अहिले उपचार पाए उनले भने।
कारागारमा कैदी जीवन बिताइरहेका आश्रित हरुको आँखा स्वास्थ्य काे अवस्थालाई मध्यनजर गरी आँखा शिविरको आयोजना गरिएको कारागार कार्यालय तुलसीपुरका प्रशासक चिन्तामणि रेग्मीले बताए।
प्रशासक रेग्मीले धेरै कैदीबन्दी हरुको आँखा मा समस्या भएकोले राप्ति आँखा अस्पताल संग समन्वय गरी उपचार सेवा प्रदान गरिएको जानकारी दिए।
कारागारमा विभिन्न उमेर समूहका कैदीबन्दी छन् धेरै जन आँखा का विरामी तथा प्रेसर सुगर थाइराइड तथा कोलस्ट्रोल का बिरामी आवश्यकता अनुसार विशेषग्य सेवा कारागारले दिँदै आएको जन् स्वास्थ्य निरीक्षक दोर्ण ओलीले बताए।
३१० जना कैदीबन्दीहरुले सेवा लिएका छन् जसमा २६१ जना पुरुष र ४९ जना महिला रहेका छन् । जसमध्ये १० जनामा मोतिबिन्दु ,८ जनालाइ तत्काल उपचार को लागि रिफर गरिएको छ । ।६६ जनालाई निशुल्क नजिकको चस्मा वितरण गरिएको राप्ति आँखा अस्पतालका दृष्टि विशेषज्ञ सुजन रिजालले बताए।
दृष्टि विशेषज्ञ सुजन रिजालले नेत्र सहायक बालिका सेरपाइएली, पवित्र चौधरी, दीपकराज गिरी, शुभम् पोख्रेल, योजना घर्ती र पूर्ण ओली लगायतका टोलीले सेवा दिएको हो ।
प्रतिक्रिया दिनुहोस