after_navbar

४ सय स्क्रीन टच मोवाइल बरामद


बैशाख १, २०८१


नेपालगन्ज,१९ बैशाख। बाँके प्रहरीले चार सय पिस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको छ। बसपार्कमा खटिएको प्रहरीले मोटरसाइकलमा रहेका शंकास्पद व्यक्तिको पिछा गर्दै जाँदा करिव ८ लाख मूल्यको स्क्रीन टच मोबाइल डिस्प्ले बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रहरीले पिछा गरेपछि मोटरसाइकलमा रहेका व्यक्ति बोरा फालेर भागेका थिए। सामान कसको हो भन्ने खुलेको छैन । सामान भारतबाट भन्सार छलेर ल्याएको प्रहरीले निष्कर्ष निकालेको छ। प्रहरी बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="