काठमाडौँ२८ वैशाख। काभ्रे जिल्लाको पाँचखालमा रुखमा बाँधेर जलाईएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पुर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाईको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन ।
सो शव कुनै पुरुषको रहेको र उमेर २५ बर्षभन्दा कम जस्तो देखिएको उल्लेख गरेको छ । शवको प्रकृति हेर्दा घटना १५-२० दिन अघिको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुशन्धान टोलीले थप अनुसन्धान गर्दै गरेको काभ्रेप्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस