दाङ, २९ वैशाख । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।
‘बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको छ,’ उनले भने, ‘हत्यामा संलग्न एक व्यक्ति हाम्रो नियन्त्रणमा छन्।’
एसपी केसीका अनुसार दुई जना महिला कोठा भाडा बस्दै आएका थिए। घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको केसीले बताए।
हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले जानकारी दिए । हत्याको कारण भने पत्ता लागेको छैन। थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस