after_navbar

जेठ १३ गतेदेखि पोलियो विरुद्ध आइपिभी खोप अभियान


जेठ ११, २०८१


दाङ,११ जेठ। दाङको तुलसीपुरमा जेठ १३ गतेदेखि १७ गतेसम्म पोलियो विरुद्धको आइपिभी खोप अभियान संचालन गर्ने भएको छ। बालबालिकाहरुलाइ पोलियो रोगबाट बचाउनका लागि उक्त अभियान सन्चालन हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका ११ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ।

स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख टिकाराम खड्काले २०७३ देखि ०७५ सालसम्म खोप लगाउन छुटेका बालबालिकालाई पोलियो विरुद्धको(आई.पी.भी)खोप दिइने बताए । उपमहानगर प्रमुख खड्काले लक्षित बालबालिकासम्म पुगेर खोप अभियान संचालन गरिने बताएका थिए।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले २०७३ देखि ०७५ सालमा खोप पाउनबाट बञ्चित तुलसीपुर उपमहानगर भित्रका ११ हजार ५ सय ८ जना बालबालिकालाई यसपटक खोप लगाइने जानकारी दिए । उनका अनुसार उममहानगरका सबै बिद्यालयमा पुगेर खोप दिइने छ ।
त्यसैगरी ईट्टा भट्टामा भएक बालबालिकालाई पनि त्यहीँ पुगेर खोप लगाइने छ । अभियानको अन्तिम दिन जेठ १७ गते तुलसीपुर उपमहानगर भित्रका सबै स्वाथ्य संस्थामा खोप लगाइने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए। खोपको अभाव भएपछि त्यतिबेला बालबालिका आई.पी.भी.खोप पाउनबाट बञ्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="