after_navbar

गर्मी बढेपछि ३ दिन विद्यालय बन्द


जेठ १४, २०८१



कपिलवस्तु,१४ जेठ ।
अत्याधिक गर्मी बढेपछि कपिलवस्तुमा तीनदिन विद्यालय बन्द गरिएको छ । गर्मीका कारण पठनपाठन प्रभावित भएपछि कपिलवस्तु नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
गर्मी बढेपछि बिहानीसत्रमा पठनपाठन हुँदै आएको थियो । तर तापक्रम बढ्दा बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित बन्न पुगेपछि जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो

कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।

गर्मीका कारण नगर क्षेत्र भित्र रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू जेठ १६ गते देखि १८ गते सम्म बिदा दिइएको उनको भनाइ छ । नगरले जेठ ७ गते देखि बिहानी कक्षा सञ्चालन गदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="