after_navbar

स्थापना दिवसमा शैक्षिक सामग्री वितरण


जेठ १७, २०८१


दाङ,१७ जेठ । मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले अपांगता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शान्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्र्तगत बिहिबार अपांगता अध्ययन केन्द्र कालाखोलामा अध्ययनरत १२ जना बालबालिकाहरुलाई कापि कलम लगायतका शैक्षिक सामग्री उपलव्ध गराएको कार्यक्रम संयोजक तिलसरा पुनले जानकारी दिइन् ।

स्थापना दिवसका अवसरमा दाङ शाखाले बिभिन्न ९ वटा कार्यक्रम गर्ने भएको छ । जस अन्तर्गत शुक्रबार रक्तदान गर्ने कार्यक्रम तय भएको छ । रगत अभावका कारण कुनैपनि बिरामीले जोखिम लिन नपरोस् भन्ने उदेश्यले शान्ति समाजले स्थापना दिवसको अवसरमा रक्त दान कार्यक्रम समेत आयोजना गरेको शान्ति समाज दाङका सदस्य एवम रक्त दान कार्यक्रमका संयोजक भिमलाल मरासीनिले जानकारी दिए ।

शुक्रबार बिहान ८ बजे नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त संचार केन्द्र कालीका भवनमा रक्तदान कार्यक्रम हुने छ ।
यस्तै जेठ १९ गते अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।जेठ २० गते लागू पदार्थ दुव्र्यसनी विरुछद्ध द्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्व बाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडी लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="