दाङ, १९ जेठ । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्ने जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका छ्न ।
दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानीयवासी प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रममा शनिवार राजपुर दुलैयामा सम्पन्न भएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकि, वडानं ४ का अध्यक्ष रामछाेर यादव ,२ नं वडाअध्यक्ष ओमप्रकाश यादव राजपुर गाउँपालिकामा चुनावमा प्रतिवद्वता अनुसार शिक्षा , स्वास्थ्य निशुल्क उपलब्ध गराईनु पर्ने बताए।
राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकिले राजपुर गाउपालिका वासिले स्थानिय सरकारकाे आभाष हुने गरि काम गरेकाे बताए।
उनके भने-” प्रत्येक वडामा कृष तथा पशु प्राविधिक खटाएर वडामै सेवा पुर्यका छाै । “
राजपुर पालिकाले काम गर्छु सिपसिक्छु भन्ने युवाकाे लागि वजेट विनियोजित गरे पनि कुनै युवा नआउनु दुखद भएको बताए।
युवाहरुका लागि सिपमुलक तालिमकाे ब्यवस्था गरि राजपुर गाउपालिकामा नै स्वराेजगार वन्न प्रेरित गरेकाे बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकि लाल वस्नेतले काङ्ग्रेसले स्थानिय सरकारले जनताका सवालमा केन्द्रीत भएर काम गर्नु पर्ने बताए।
काङ्ग्रेस जनताकाे पाटि हाे जनताले प्रत्यक्ष लाभहुने काम गरि जनतालाई शिर उप काम गर्नु पर्ने बताए।
प्रतिक्रिया दिनुहोस