दाङ,२० जेठ । स्वर्गद्वारी गुठि पिडित किसानहरुले दाङको घाेराहिमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।
आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै माेहि पिडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन । सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाकारण दवावस्वरुप तालाबन्दी गर्नु परेकाे गुठिपिडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चाैधरिले बताए ।
तालाबन्दी भएका मालपोत र नापि दुवै कार्यालयलाई आन्दोलन कारिहरुले घेरेका छन । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रतिक्रिया दिनुहोस