दाङ,२० जेठ । दाङको तुलसीपुरमा एक घरमा आगलागी भएको छ। आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवा बस्ने धनवीर बस्नेतको घरमा आगोलागी हुँदा क्षति भएको हो।
शनिबार बेलुका खाना पकाउँदै गरेको अवस्थामा हावाहुरि आएको र आगो कच्ची घरमा सल्किँदा टिनले छाएको घर पूर्ण रुपले जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार घरमा आगलागी हुँदा अन्न, लत्ता कपडा र घर बनाउनका लागी राखिएको काठ पुर्ण रुपमा जलेर नस्ट भएको हो ।
प्रतिक्रिया दिनुहोस