after_navbar

सोमबारदेखि तुलसीपुरका सबै बिद्यालय संचालन हुने


जेठ २०, २०८१


दाङ,२० जेठ । सोमबार अर्थात् भोलिदेखि तुलसीपुर क्षेत्रका सबै विद्यालयहरू सञ्चालनमा आउने भएका छन्। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो।

अत्याधिक गर्मी बढेपछि गत जेठ १९ गतेदेखि सबै विद्यालयहरू बन्द भएका थिए। गर्मीका कारण पठनपाठन प्रभावित भएको भन्दै पाँच दिनका लागि संस्थागत तथा सामुदायिक सबै विद्यालयहरू बन्द गर्ने गरी सूचना जारी भएको थियो ।

शनिबार बेलुकी परेको पानीका कारण मौसममा केही सुधार आएपछि सोमबारदेखि तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।

अत्याधिक गर्मी भएपछि गत जेठ १८ गते तुलसीपुर उपमहानगरपालिकाले जेठ २२ गतेसम्मका लागि यस क्षेत्रका सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="