after_navbar

नेतृत्व विकास र सञ्चार कार्यशाला सम्पन्न


जेठ २१, २०८१


दाङ,२१ जेठ । दाङको घोराहीमा नेतृत्व विकास र सञ्चार कार्यशाला गोष्ठी सम्पन्न भएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा दुई दिने नेतृत्व विकास र कार्यशाला गोष्ठी सम्पन्न भएको हो।

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार सुगत वीर चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले समाज रूपान्तरण र परिवर्तनका लागि कार्यशालाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए। दक्ष जनशक्ति उत्पादनमा नेतृत्व विकास र सञ्चार पनि पर्ने भएकाले यस्ता खाले कार्यक्रम कर्मचारीहरूका लागि आवश्यक रहेको औल्याए ।

  संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देश्यले संस्था स्थापना भएको बताएकी थिइन्।

संस्थाले विशेषतह: समुदायमा रहेका महिला, अल्पसंख्यक तथ सिमान्तकृत बर्गहरुलाई उत्थान गर्दै आएकोमा त्यस क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिवृद्धिका लागि कार्यशाला सञ्चालन गरिएको जानकारी दिइन्।
कार्यक्रममा सहभागी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका आन्तरिक लेखा परीक्षक सुशीला गिरीले काममा कतिबद्ध र प्रतिबद्ध भएर लागेमा लक्ष्य उद्देश्य र संस्थागत विकासमा सफल भइने बताएकी थिइन्।

यसैगरी ग्रामीण महिला उत्थान केन्द्रका ममता चौधरीले  कार्यशालाले जिबनलाई बुझन र योजना सहित कार्यसम्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्।

कार्यक्रममा संस्थाका हितमान थापा, तृष्णा चौधरी, पुरन अधिकारी लगायतले आफनो अनुभव सुनाएका थिए।
दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यशालाको प्रशिक्षकमा अन्तर्राष्ट्रिय प्रशिक्षक निवास संस्थाका   इनोभेसन एण्ड ईम्प्याक्ट डाईरेक्टर सुस्मा श्रेष्ठ रहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

data-href="