दाङ,२४ जेठ । जबरजस्ती करणीको आरोपमा प्रहरीले दाङमा एकजनालाई पक्राउ गरेको छ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दीनानाथ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दीनानाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा सोही ठाउँको बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस