after_navbar

तुलसीपुरमा अटो र बस ठोकिँदा पाँचजना घाइते: ३ जनाको अवस्था गम्भीर


जेठ २६, २०८१


दाङ,२६ जेठ। दाङमा अटोर र बस एकआपसमा ठोकिँदा पाँचजना घाइते भएका छन्। घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।
तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर उपमहानगरपालिका ७ शान्ति पार्कचोकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

घाइतेहरुलाई उद्धार गरी राति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

data-href="