दाङ,६ असार। दाङमा सवारी साधन एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनजना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुरमा भएका उक्त दुर्घटनामा परी मोटरसाइकल चालक तुलुसीपुर–१६ का २३ वर्षीय शरद वली, मोटरसाइकलमा सवार तुलसीपुर–१७ झिनुवाका २२ वर्षीय दिनेश गिरी र तुलसीपुर–२ खैरीपुरका २४ वर्षीय शाजन गिरी रहेका छन्।
प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा सोही दिशातर्फ जादै गरेको रा ४ प ५३६४ नम्बरको मोटरसाइकल तुलसीपुर–१७ झिगैं चोक नजिकै ट्रकसंग ठोक्किएको थियो।
घाइते मध्य मोटरसाइकल चालकको नविन मेडिकल बेल्झुण्डीमा उपचार भइरहेको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ का ३६ वर्षीय रामशरण पौडेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रतिक्रिया दिनुहोस