तुलसीपुर,११ असार । दाङको तुलसीपुरमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। मङ्गलबार दिउँसो बारीमा घाँस काट्न गएको समयमा सर्पले उनको मृत्यु भएको हो।
दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीको सर्पले टोकेर मृत्यु भएको हो।
बारीमा घाँस काट्न गएका बेला पहिचान नभएको विषालु सर्पले पारुलाई बायाँ हातमा टोकी घाइते भएकी थिइन्। सर्पदंशबाट घाइते चाैधरीकाे राति ८ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरक्षक थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस