after_navbar

चट्याङ लागेर दुइ जनाको मृत्यु


असार १३, २०८१


कपिलवस्तु, १२ असार । चट्याङ लागेर कपिलवस्तुमा दुइ जनाको मृत्यु भएको छ । बुधबार बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ वर्षको राजु ठाकुर छन् । दुवै जनाको शव मुचुल्का उठाइ पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="