after_navbar

चट्याङ लागेर छिलिकोटका दुर्गा घाइते


असार १५, २०८१


दाङ,१४ असार । चट्याङ लागेर दाङमा एकजना घाइते भएका छन् । शुक्रबार बेलुकी चट्याङले लागेर  तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिलिकोट बस्ने ३६ वर्षका दुर्गा बहादुर बिक घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते बिकको शरीरको बायाँतिरको भाग नचल्ने भएको छ।उनलाइ उपचारका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।

चट्याङ लागेर दुर्गाको दुईतले चारकोठे कच्ची घर चर्किएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="