after_navbar

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते


असार १८, २०८१


सल्यान,१७ असार । सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् ।

जिल्लाको त्रिवेणी ६, लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चन्द्रबहादुर डाँगीले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण विकलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

आइतबार दिउँसो कक्षामा साथीहरूसँग खेलिरहेका बेला शिक्षक डाँगीले फलामको स्केल प्रयोग गरी रगताम्य हुने गरी कुटपिट गर्दा घाइते भएको आमा तुलसी विकले जानकारी दिए।

कुटपिटबाट टाउकोमा गहिरो चोट लागी रगत धेरै बगेको उनको भनाइ छ । यस विषयमा तुलसीले इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको पनि बताए। दलित भएकै कारण आफ्नो छोरालाई कुटपिट गरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यलय लुहामका इन्चार्ज रेशम पौडेलले यस विषयमा उजुरी परेकाले छानबिनको प्रक्रिया अगाडि बढाइने जानकारी दिए। घाइते अरुणको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="