after_navbar

बलात्कार आरोपि भरुवा बन्दुकसहित पक्राउ


असार २२, २०८१


सल्यान, २१ असार । जबरजस्ती करणीका आरोपितलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ। सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर ओलीलाई भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार यही असार १९ गते ४३ वर्षीया एक महिलालाई पीडितकै घरमा गएर बलात्कार गरेको भनी जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसी रहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनको घर खानतलासी गर्ने क्रममा घरको बैकलमा भरेर ठिक्क पारेको एक नाले भरुवा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।

आरोपित वलीलाई जबरजस्ती करण तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा सल्यान जिल्ला अदालत सल्यानबाट ४ दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।।

प्रतिक्रिया दिनुहोस

data-href="