after_navbar

राप्ती नदीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार ,एक जना बेपत्ता


असार २३, २०८१


दाङ २२ असार । लगातारको वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसिकामध्ये दुईजनाको उद्धार गरिएको छ। एकजना बेपत्ता छन्। दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो ।

राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए।

तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको हो भने दुई जना सिमलको रुखमा चढेका थिए।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए।

राजपुर गाउँपालिका वडा नम्बर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो।

उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="