after_navbar

लुम्बिनी प्रदेश मन्त्रालयहरू डुबानमा


असार २३, २०८१


दाङ,२२ असार। लुम्बिनी प्रदेशको राजधानी मौरीघाट डुवानमा परेको छ। अविरल वर्षाका कारण बाढी आउँदा राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका हुन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् ।

दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको पुनले बताए ।

राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन । जसले गर्दा समस्या आएरहेको छ ।

राप्ती गाउँपालिका- ५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ ।

बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ।

दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन ।

प्रतिक्रिया दिनुहोस

data-href="