after_navbar

पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते


असार २६, २०८१


रुकुम पूर्व, २५ असार । रुकुम पूर्वमा पहिरोले घर पुरिदा एकजनाको ज्यान गएको छ। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा सोमबार राति आएको पहिरोले घर पुरिदा सल्ली बिसुनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

प्रहरी नायब उपरीक्षकका अनुसार पहिरोमा परी सोही ठाउँका ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्भा बुढा र ९ वर्षीया तीलसरा बुढा गम्भीर घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक खरेलले बताए। तीनै जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

पहिरोमा पुरिएका एक भैँसी, एक पाडो र दुईवटा गोरुको जीवितै उद्धार गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

data-href="