after_navbar

रूखबाट लडेर बालिकाको मृत्यु


असार २, २०८१


दाङ,२८ असार । दाङमा रूखबाट लडेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका-४ को १२ वर्षीया सुवर्ण खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

उनी बिहीबार बेलुका ६ बजेतिर घरनजिकैको जामुन रूखमा चढ्दा लडेर घाइते भएकी थिइन्। उपचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

‘राती अस्पतालले मृत घोषित गरिदिएको हो,’ उनले भने।  

प्रतिक्रिया दिनुहोस

data-href="