after_navbar

प्रधानमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर


असार ३२, २०८१


काठमाडौँ,३१ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएका छन्। प्रधानमन्त्रीमा नियुक्ति भएसँगै केपी शर्मा ओलीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रपतिले संविधानको प्रावधानको विपरीत ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ। रिटमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेका थिए।

यो रिट दर्ता भएर साउन ६ गतेको लागि पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="