बर्दिया,१४ साउन । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सँख्या एकसय २५ पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठुलो वासस्थान मानिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ ।
प्रतिक्रिया दिनुहोस