दाङ,१४ साउन । दाङमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ६ का ३४ बर्षीय कमल पुन र रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर १ होलेरी निवासी ३३ बर्ष कि शुसिला पुन रहेको प्रहरीले जनाएको छ । लमहीको रातोडाँडाबाट दुईजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिए ।
लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी लमहीबाट खटिगएको टोलीले उनिहरुको साथबाट ८० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको हो । शुसिला रातोडाँडा स्थित एक घरको तल्लो तलामा भाडामा बस्दै आएकी थिईन । उनकै साथबाट लागुऔषध फेला परेको प्रहरी प्रमुख भुषालले बताए । जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस