after_navbar

अमेरीकाको टेक्ससमा एक नेपालीको हत्या


श्रावण १४, २०८१


दाङ, १४ साउन । अमेरिकाको टेक्ससमा एक नेपाली युवकको हत्या भएको छ । लुटेराहरूको एक समूहले उनको हत्या गरेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । उनी रुकुम पश्चिम जिल्लाको बाफीकोट गाउँपालिकाका स्थानीय हुन् ।

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो ।

अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="