after_navbar

जन्मदिनमा छोरीलाइ बिमा पोलिसी उपहार


श्रावण १५, २०८१


दाङ,१५ साउन। दाङमा एक दम्पतीले छोरीको जन्मदिनमा बिमा पोलिसी उपहार दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ४ गोठीखोला (हाल क्यानडा) बस्ने युवराज खड्का र उनकी श्रीमती तिला डांगीले छोरी एन्जल खड्काको पहिलो जन्मदिनमा आईएमई लाइफको बीमा पोलिसी उपहार दिएका हुन् ।

युवराज र सुनिताले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी १० लाखको बीमा पोलिसी उपहार दिएका हुन् । भविष्यमा आउने आर्थिक व्यवस्थापन र हुन सक्ने सम्भावित संकटलाई समाधान गर्न सहज होस् भनेर बीमा पोलिसी उपहार दिएको युबराज खड्का र सुनिताले बताएका छन् ।

हरेक अविभावकले आफ्ना सन्तानको उच्च शिक्षामा सहजता होस र उज्ज्वल भविष्यको कामना सहित लक्ष्य प्राप्तिका लागि भविष्यमा आर्थिक संकट नआओस भनि आफ्नो क्षमता अनुसारको बिमामा बचत गर्ने यस्तो पुण्यकामको सुरुवात सबैले गर्नुपर्ने कम्पनीका अभिकर्ता किरण पुनले बताए ।

आई एम ई लाईफ को बाल उज्जवल जीवन बिमा पोलिसी मार्फत निरन्तर बचत गरि भविष्यमा बोनस सहित एकमुष्ट आउने रकम त्यो समयमा लक्ष्य प्राप्तीको लागि कोसे ढुङ्गा सावित हुने अभिकर्ता गोमा खरालले बताईन।


साथै, राज्यले प्रत्येक नागरीकको बीमा अनिवार्य हुनुपर्ने प्रावधान ल्याएमा नागरिक र राज्यलाई थप सम्वृद्धिको आधार तिर लैजान सकिने आईएमई लाइफ तुलसीपुरका शाखा प्रमुख हरिहर सुवेदीले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="