विराटनगर,१६ साउन । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।
मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् ।
उनीमाथि उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो ।
छुरा प्रहारबाट गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक पठाइएको थियो । लाइफलाइनबाट उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस