दाङ,१७ साउन। दाङको तुलसीपुरमा घरको सिँढीबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ ९ङ० लाइनमा विगत एक महिना अघिदेखि कोठा भाडामा बस्दै आएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार परियार बिहान साढे ७ बजेतिर सिँढीबाट लडेर शक्त घाइते भएकी थिइन्। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा साढे ८ बजेतिर पुर्याइएको थियो।
राप्ती प्रादेशिक अस्पतालले प्रारम्भिक उपचारपछि पौने ९ बजेतिर घाइतेलाई बाँकेस्थित मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिदिएको थियो।
बिहान साढे ११ बजे आफन्तले घाइतेलाई अस्पताल पुर्याएका थिए। तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस